काठमाडौं, १० माघ- साताको अन्तिम दिन शुक्रवार पनि छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ ।
विहिवार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा शुक्रवार २०० रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी विहिवार प्रतितोला ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा शुक्रवार २०० रुपैयाँ बढ्दै प्रतितोला ७४ हजार ९०० रुपैयाँ कायम भएको महासंघलेजनाएको छ ।
शुक्रवार चाँदीको मूल्य भने यथावत नै रहेको छ। शुक्रवार चाँदीको मूल्य प्रतितोला ८ सय ८५ रुपैयाँ कायम भएको छ ।
FACEBOOK COMMENTS