काठमाण्डौँ — म्याग्दीको सुपर घलेम्दी जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता (पिपीए) भएको छ ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बन्न लागेको ९.१४ मेगावाट क्षमताको उक्त आयोजनाको प्रवद्र्धक कम्पनी सुपर घलेम्दी हाइड्रोपावर प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच पिपीए सम्झौता भएको हो ।
हिउँदमा प्रतियुनिट आठ रुपैयाँ चार पैसा तथा बर्खामा प्रतियुनिट रु चार रुपैया आठ पैसाका दरले विद्युत् खरीद सम्झौता भएको आयोजनाका संस्थापक मनप्रसाद कँडेलले बताए ।
पिपीए सम्झौतापछि पूर्वाधार निर्माणको अनुमतिपत्र लिने प्रक्रिया अघि बढाइएको छ ।
आयोजनाले आगामी मङ्सिरदेखि पूर्वाधार निर्माण थाल्नेछ ।
— कारोबार
FACEBOOK COMMENTS