काठमाडौं, कात्तिक १ – सुर्खेतमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिकाका ४२ वर्षीय पुरुषको निधन भएको हो ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार १० दिनअघि ज्वरो आएर टाइफाइडको सुई लगाएका उनलाई निको नभएपछि असोज ३० मा प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै कर्णालीमा कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या १३ पुगेको छ ।
FACEBOOK COMMENTS