काठमाडौँ, श्रावण २२ – विदेशमा अलपत्र नेपालीको उद्धारका लागि भइरहेको उडानमाभएको छ।
जुलाई ३० देखि अगष्ट ७ सम्म विभिन्न मुलुकमा चार्टर्ड उडान गरिरहेको हिमालयले थप दुई गन्तव्यमा चार उडान गर्ने निर्णय गरेको हो ।
हिमालयको निर्णयअनुसार अगष्ट ८ र ९ मा क्रमशः कतारको दोहामा दुई र मलेसियाको क्वालालम्पुरमा दुई उडान गर्ने छ ।
नेपालका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विदेशी एयरलाइन्सले विदेशमा अलपत्र नेपालीको उद्धारका लागि चार्टर्ड उडान गरिरहेका छन् ।
कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रको असार २० गतेसम्मको विवरणअनुसार विभिन्न मुलुकबाट भइरहेको उद्धार उडानमार्फत हालसम्म ४३ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।
FACEBOOK COMMENTS