काठमाण्डौँ — चालु आर्थिक वर्षको पहिलो सात महिना (माघ) सम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न क्षेत्रमा २७ खर्ब ६५ अर्ब लगानी गरेका छन्।
बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ३० खर्ब ८५ अर्ब निक्षेप संकलन गरेर करिब पौने २८ खर्ब लगानी गरेका हुन्।
बैंक तथा वित्तीय संस्थाले चालु, बचत, कल डिपोजिट र अन्य स्रोतबाट यो निक्षेप रकम जुटाएका हुन्।
देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बढ्दै जाँदा निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ।
अहिले नेपालको जीडीपी ३० खर्ब सात अर्ब मानिएको छ भने निक्षेप संकलन जीडीपीभन्दा बढी भएको अवस्था छ।
बढेको निक्षेपलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सके फाइदा लिन सकिने पूर्व अर्थसचिव शान्तराज सुवेदीले बताए ।
— नागरीक
FACEBOOK COMMENTS