![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
चिनियाँ कम्पनी ओप्पोले एफ सिरिजको नयाँ स्मार्टफोन ओप्पो एफ नाइन ल्याउने भएको छ ।
नयाँ स्मार्टफोनलाई फिचरसँगै कलर र डिजाइनमा प्राथमिकता दिएको कम्पनीले जनाएको छ ।
ओप्पो एफनाइनमा कम्पनीले एफ सिरिजमै पहिलो पटक ग्राडियण्ट कलर डिजाइनको प्रयोग गरेको छ ।
कम्पनीले यही अगस्ट महिनाको अन्त्य सम्ममा ओपो एफनाइन सार्वजनिक गर्ने तयारी भइरहेको प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।
फोनमा कम्पनीले भीओओसी फ्ल्यास चार्ज र फरक खालको वाटरड्रप स्क्रिन डिजाइन समाहित हुनेछ । भीओओसी चार्जिङ र वाटरड्रप स्क्रिन सहितको ओपो एफनाइन वास्तवमै एक नवप्रबर्तनात्मक उपकरण रहेको कम्पनीको दाबी छ ।
FACEBOOK COMMENTS