सरकार देखि राजनीति दलसम्मलाई धुल मिलाउन सफल यो समुहले आफ्नै अध्यक्ष समेतलाई भ्रष्टाचार गर्यो भनेका थिए । जिल्ला अध्यक्षहरुका अनुसार पापधुरीबाट कराउछ भने झै सुलभको केसमा प्रहरी प्रशासनले छानविनत गर्नेनै छ र त्यसबाट अझ अरुकुरा बाहिर आउने अपेक्षा धेरैको छ ।
काठमाडौं -सुलभ अग्रवाल छुटाउन नेपाल उद्योग वणिज्य संघका हुनेवाला अध्यक्ष शेखर गोल्छा र निवर्तमान अध्यक्ष पशुपति मुरारका लागि परेका छन् । उनीहरु सिडियो कार्यालय देखि वाणिज्य राज्यमन्त्री मोति दुगड र सुलभलाई राखिएको दरवारमार्ग चौकी सम्म पुगेका थिए । माथिल्लो गृह मन्त्री सम्म भेट्न खोजे पनि दुबै जनालाई यस विषयमा कानुन सम्मत हुने भन्दै भेटन दिईएन । यो संगै दुबै जनाको बेचैनी बढेको देख्दा चौधरी ग्रुप हुदै गोल्छा र पशुपतिको कनेक्सन पनि रहेको देखिन्छ । छोटो समयमा नै माथिल्लो दर्जासम्म पहुच विस्तार गर्दै अवैध धन्दा गर्न खप्पिस यो समुहले नेपाल उद्योग वाणिज्य महासंघमा समेत विभिन्न तिकडम गर्दै पकड जमाउदै आएको छ । कतिपय जिल्ला नगर उद्योग वाणिज्य संघहरु शेखर गोल्छा अध्यक्ष भएकै दिन महासंघबाट अलग हुने मनस्थीतिमा समेत पुगेको नाम उल्लेख नगर्ने शर्तमा एक ब्यवसायीले बताएका छन् । अझ अवैतनिक दुतको आवरणमा कुटनैतिक नम्बर प्लेटको गाडी नै लिएर कालो बजारी गरेका विचौलियालाई निर्दोष भन्दै महासंघको जिम्मेवार पदाधिकारी अझ भनौ भावी अध्यक्ष र पूर्व अध्यक्ष लाग्नु सरासर नैतिक हराम हो । यसरी पद र प्रतिस्ठाको दुरुपयोग गर्न खोजे पछी कार्यसमितिका सदस्यहरु समेत रुस्ट भएका छन् ।
सरकार देखि राजनीति दलसम्मलाई धुल मिलाउन सफल यो समुहले आफ्नै अध्यक्ष समेतलाई भ्रष्टाचार गर्यो भनेका थिए । जिल्ला अध्यक्षहरुका अनुसार पापधुरीबाट कराउछ भने झै सुलभको केसमा प्रहरी प्रशासनले छानविनत गर्नेनै छ र त्यसबाट अझ अरुकुरा बाहिर आउने अपेक्षा धेरैको छ । तर महासंघको गरिमालाई यसरी कालोबजारी गर्नेलाई छुटाउदै हिडने हो भने महासंघको साँख कहा पुग्ला अनि सदस्यहरुको नुर गिर्ला कि नगिर्ला ? यस बिषयमा पनि सोच्ने हो कि ?
कसरी पक्राउ परेका थिए शुलभ ?
कूटनीतिक नम्बरको गाडीमै थर्मल गनको कालोबजारी गरिरहेको अवस्थामा महानगरीय अपराध महाशाखाको विशेष टोलीले अग्रवाललाई मंगलबार पर्काउ गरेको हो। ६७ थान थर्मल प्लान्ट प्रतिगोटा १५ हजारका दरले १० लाख रूपैयाँमा बेच्न लागेका बेला अग्रवाल पक्राउ परेका हुन । किर्गिस्तानका अवैतनिक वाणिज्यदूत पदको दुरुपयोग गर्दै कालोबजारी गरिरहेको सुराकका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले कूटनीतिक नम्बर प्लेटको २०९–एचसीसी–१ नम्बरको गाडीमा ज्वरो नाप्ने यन्त्रको कालोबजारी गरिररहेको अवस्थामा अग्रवाललाइ पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ६७ थान थर्मल गन र उनको कुटनीतिक नम्बर प्लेटको गाडी समेत प्रहरीले बरामद गरेको छ ।
अग्रवालले कसरी भित्र्याए त्यो गन
विभिन्न समयमा सरकार देखि उद्योग वाणिज्य संघसम्म सोझै प्रभाव राख्ने सुलभ अग्रवाल नेपाल उद्योग वाणिज्य संघका साहिल अग्रवालका दाई समेत हुन् । शंकर ग्रुप नेपालका सिमित ठुलो घराना मध्येको एक मानिन्छ । त्यहि माथि अग्रवाल स्वयम पनि नेपालका लागि किर्गिस्तानका अवैतनिक दुत रहेको अवस्थामा उनी पत्यारिला ब्यवसायी कै आवरण मा रहे । त्यसैले यत्रो ठुलो कम्पनीका मालिकलाई धेरैले विश्वास गर्नु अनौठो भएन । र सेटिङ्का लागि माहिर खेलाडी मानिने समुदायका भएकाले पनि उनलाई सेटिङ् मिलाउन गाह्रो हुने सवाल रहेन । त्यो उनले मिलाए अर्थात सरकारले चार्डर्ड गरेको चीन पठाएको बिमानमा सेटिंग मिलाएर निजी सामान ल्याउन सफल भए । यसका लागि उनले नेपाल वायु सेवा निगमका कार्गो टोलीसँग साँठगाठ मिलाएर प्रस्ट हुन्छ । किनकी सरकारी कोटाको २२ टनसम्म सामान ल्याउने भनिएकामा केबल १२ टन मात्र सामान बोकेको बताईयो । तर थप दश हजार टन अटने स्पेश किन प्रयोग भएन भन्ने सवालको उत्तर हो अग्रवालको पक्राउ प्रकरण । किनकी अग्रवालले प्रभावमा पारेर त्यो सामान भित्र्याएको स्पस्ट भएको छ ।
राजनीति र ब्यापार टुईस्ट
यसमा चौधरी ग्रुपको समेत साथ रहेको भन्ने सवाल पनि उठे पछि सरकारले पनि यस घटनालाई अझ गम्भिर रुपमा लिएको बुझिएको छ । प्रधानमन्त्रीका प्रिय पात्र गोकुल बास्कोटाको राजनीतिक बहिर्गमन पस्चात चौधरी ग्रुप र सरकार बीच दुरी मात्र बढेको छैन कि शित युद्ध पनि ठुलै छ । जसले गर्दा सरकारलाई कमजोर पार्ने खेलमा अप्रत्यक्ष रुपमा चौधरी ग्रुप समेतले अग्रवाललाई साथ दिएको भन्ने बारेमा ब्यापारिक ब्रित्तमा गाईगुइ चल्दै आएको छ । यो आशंका हो । हल्ला सधैं सत्य हुन्छ भन्ने हुँदैन । तर चौधरी समुहलाई अनुसन्धान नै गर्न नहुने भन्ने हुँदैन होला । अझ वसन्त चौधरीले बेला बेलामा प्रस्तुत गर्दै आएको बिलले पनि यस बिषयमा आशंका बढाएको मात्रै छैन कि प्रतिस्ठित ब्यवसायी भन्नेहरु प्रतिको विश्वास उठेको अवस्था छ । कर देखीको धेरै सवाल छन ।
पैसाको आडमा जनता लुटन उद्यत चाउचाउ चौधरी होस् कि गोल्छा वा मुरारका अथवा नेताको आवरणमा देश हालीमुहाली गर्ने चप्पल छाप यिनकै कारण देशमा अराजकता र दण्डहिनता मौलाएकोमा दुईमत छैन । जनतालाई महंगीमा जिउन वाध्य पार्ने पनि यिनै हुन । कर्मचारी, नेता, मन्त्री भनाउदाहरु यिनैका गुलाब बन्ने गर्दा शक्ति केन्द्रमा यस्ता पैसावालहरुको भिटो लाग्ने गरेको देखिन्थ्यो । तर ब्यापारीको अर्को रुप पनि उदाङिएको छ । कुटनिति क्षेत्रको प्रतिनिधीको आवरणमा । यस प्रकरणले पैसाको आडमा निलो प्लेटको ब्यापक दुरुपयोग कसरी भैरहेको छ भन्ने ज्वलन्त प्रमाण अग्रवालले पुस्टि गरेता पनि अन्य ब्यापारीहरु समेत यसरी नै परिचालित भएका त छैनन भन्ने प्रश्न तेर्सिएको छ । हुन त त्यत्रो सामान ल्याउन कोही न कोही सरकार पक्षिय नेता वा उच्च अधिकारीको समेत हात हुन सक्ने आँकलन पनि गरिएको छ । खरिद प्रकृयामा उपप्रधान मन्त्री, स्वास्थ्य मन्त्री र आफनै राजनितिक सल्लाहकार तिनै जना बदनाम भएपछि प्रधानमन्त्रीले यस्तो बिषयमा चासो दिन थालेको स्रोतले बतायो । त्यस्तै, पोख्रेल, ढकाल र रिमालको गतिविधीबाट अोली समेत भित्रभित्रै रुस्ट भए पनि आफनै गुटका विश्वास पात्र रित्तिने अवस्था आएकाले उनीहरुको बचाउमा बोल्न विवश बनेको श्रोतको दाबी छ । तर अब लहरा तान्दा पहरा घर्कने अवस्था देखिएको छ । यस घटनामा प्रधानमन्त्रीले आफ्नै खास मान्छेहरुको संलग्नता रहेको पुस्टि भए पनि नछाडने मुडमा रहेको पनि स्रोतले स्पस्ट पार्यो ।
उपसंहार
त्यसैले अग्रवालका कारण गोल्छा र मुरारका तनावमा त छन नै यस बाहेक पनि लहरो तान्दा पहरो जाने संकेत देखिएको छ । यदि प्रधानमन्त्रीले खुट्टा कमाएनन् भने । अरुको त भर पर्ने स्थिती नै रहेन । हेरौ, अब देशमा दण्डहिनताले कत्तिको प्रश्रय पाउँला, सरकार मुलीकै हातमा छ । ठुला ब्यापारी हुन वा चप्पले हैसियतका नेता, मिलेमतोमा धेरैले धेरै कमाएको नाकै मुनिबाट देखिदै आएको छ । अब पनि नचेतने हो भने अहिलेका सत्ताधारी मात्रै होइन यो राजनीतिन प्रणाली माथिको विश्वास पनि पूर्णतया उडने छ । त्यसैले भ्रस्ट र कालोबजारी गर्ने उपर कडा निती अख्तियार गरौ । अोम्नीको बिषयमा पनि अनुसन्धान अगाडी बढाउ । त्यसको खरिद प्रकृयामा मुछिएकाहरु पनि पक्कै चोखा छैनन । जनतालाई ठग्ने कोही कसैले पनि उन्मुक्ती पाउनु हुँदैन । सरकारले पनि अाफ्ना र अरु भनेर आस्था र सम्बन्धका आधाआ असमान ब्यवहार गर्नु निन्दनिय छ । साथै, कालोबजारिया गर्नेलाई छुटाउन शक्तिकेन्द्र धाउने ब्यापारिहरुको मिलोमतो न छ कि त्यस बिषयमा पनि प्रहरीले ध्यान दिनु पर्छ । र कानुनलाई प्रभावमा पार्न खोज्ने यस्ता दुसित मनशाय बोकेका जोकोही उपर कडा निती अख्तियार गर्दै कानुनी दाँयारामा ल्याउ । होईन भने जनताले दिएको अभिभारालाई बिसाउ सरकार । अब त चेत सरकार ।
FACEBOOK COMMENTS