![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — यातायात व्यवसायीले आगामी १० गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने भएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिबीच शनिबार दस प्रतिशत भाडा बढाउन राजी भएपछि यस्तो सहमति जुटेको हो ।
बैठकमा भाडा वृद्धि गर्नेलगायत ४ बुँदे सहमति भएको यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले बताए ।
यसअघि विभाग र व्यवसायीबीच असोज ५ देखि बुकिङ खोल्ने सहमति थियो ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि व्यवसायीले भाडा नबढेसम्म बुकिङ नखोल्ने अडान राखेका थिए ।
बैठकमा भाडा समायोजन, बस व्यवसायी समितिका बन्द खाता खोल्नेलगायत सहमति भएपछि बुकिङ खोल्ने तयारी भएको ढकालले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS