काठमाडौं, कात्तिक ४- अजरबैजानविरुद्ध जारी युद्धमा अर्मानिया तर्फ मृत्यु हुने सैनिकको संख्या लगातार बढ्दो छ । सोमबार अर्मानियाको सेनाले यो सूचीमा १९ थप सैनिकको नाम जोडेका छन् । यसका साथै यो युद्धमा अर्मानियाको तर्फबाट मृत्यु हुनेको संख्या बढेर ७२९ पुगेको छ ।
अर्मानियाको रक्षा मन्त्रालयले यसअघि यो आँकडा अधुरो हुनसक्ने बताएको थियो । लगातार जारी युद्धमा मृतकको आँकडा ढिलो गरी प्राप्त हुनसक्छ । यद्यपि, अर्कोतर्फ अजरबैजानले आफ्नोमा भएको धनजनको क्षतीको विवरण दिएको छैन ।
राष्ट्रपति इलहाम एलियेवले एक अन्तरवार्तामा युद्ध समाप्त भएपछि यसबारे जानकारी सार्वजनिक गरिने जानकारी दिएका थिए ।
अर्कोतर्फ अजरबैजानका प्रोसिक्यूटर जनरलको अफिसले सोमबार अगदाम इलाकामा मोर्चामा गोलीबारीका कारण चारजना घाइते भएको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS