काठमाडौं, पुस २- अजोड इन्स्योरेन्स लिमिटेडले आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिम इटहरीमा सम्पत्रगरेको छ ।
प्रदेश नं. १ र २ लाई समेट्ने गरि अजोड इन्स्योरेन्स लिमिटेड इटहरी शाखाको आयोजनामा मार्ग २६, २७ र २८ गते संगीतचोक, इटहरीमा आधारभुत निर्जीवनबीमा अभिकर्ता तालिम सम्पन्न गरिएको हो ।
तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न उयचतायष्यि को वारेमा प्रशिक्षण दिएका थिए ।
त्यस्तै गरि अजोड इन्स्योरेन्स लिमिटेडका मुख्य प्रबन्धक डोरिन्द्र दाहालले आधारभुत निर्जीवन बीमाको साथै अभिकर्ताको कामकर्तव्य र अधिकार तथा जिम्मेबारीको विषयमा प्रकाश पारेका थिए ।
अजोड इन्स्योरेन्स लिमिटेडको आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा २४ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।
FACEBOOK COMMENTS