![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — नेपाल आयल निगमले अत्याधुनिक प्रविधिसहित सुरक्षा मापदण्ड अपनाइएका नमुना पेट्रोल पम्प स्थापना गर्ने तयारी गरेको छ ।
निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली संशोधन गरेर आधुनिक प्रविधिसहितका पम्प खोल्ने गृहकार्य गरेको हो ।
पेट्रोल पम्पलाई व्यवस्थित समय अनुकूल बनाउन विनियमाली संशोधन गर्न लागिएको निगमले जानकारी दिएको छ ।
निगमका अनुसार हाल भइरहेका पम्प मापदण्डअनुरुप नभएकाले विनियमाली संशोधन गरेर नयाँ व्यवस्था गर्न लागिएको निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।
उनले बिक्रेता विनियमावली संशोधन गरेर नयाँ खुल्ने पेट्रोल पम्पलाई अत्याधुनिक प्रविधिसहित थप सुरक्षाका मापदण्डको व्यवस्था गर्न लागिएको बताए ।
निगमले भइरहेका पम्पलाई स्तरोन्नति गरे पनि २०६८ सालदेखि नयाँ बिक्रेतालाई अनुमति दिएको छैन ।
— कारोबार
FACEBOOK COMMENTS