काठमाण्डौं– अत्यावश्यक वस्तु मानिने एल.पि. ग्याँस उद्योगमा आन्दोलन हुने भएको छ ।
नेपाल एल.पि.ग्याँस उद्योग संघले १० बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको हो ।
उद्योगीले ग्याँस उद्योगको संञ्चालन खर्च अत्याधिक बढेको र ब्यवासयी उद्योग चलाउन सक्ने अवस्थामा नभएकोले आन्दोलन गर्नु परेको दाबी गरेको छ ।
संघले २०७३ साल देखी पटक पटक उद्योग तथा आपुर्तिमन्त्रालयमा आफ्ना समस्यको विषयमा कुरा उठाउँदा पनि सुनुवाई नभएपछि आन्दोलन गर्नु पर्ने अवस्था आएको जनाएको छ ।
ग्यास उद्योगको संचालन खर्च र उचित कमिशन, नयाँ ग्यास उद्योग स्वीकृती,ग्याँसको बिक्रि मुल्य कटौती गरेको, नेपाली नम्बरका ग्याँस बुलेट संचालन, कोटा, एलसी लगाएतका विभिन्न दश बुँदे माग संघले राखेको छ ।
सरकारले गठन गरेको उदयराज सापकोटाको उपसमितिले तयार पारेको प्रतिवेदन निगम संचालक समितिमा पेश नभएको र बैंकको उच्च ब्याजदरको दिर्घकालिन समाधान एवं आधिकारिक बिक्रेतालाई व्यवस्थीत कानुन नहुँदा विक्रेता तथा आम उपभोक्तालाई असर परेको संघले बताएको छ ।
संघले आफुले राखेका माग पुरा नभए फल्गुन १७ गते देखि एल.पि ग्याँसको पि.डि.यो खरिद नगर्ने र २२ गते बुधबार देखी एल.पि. ग्याँस लोड भएका सम्पुर्ण भन्सार नाकाबाट नछुटाउने र २८ फागुन देखी देशभरका सम्पुर्ण एल.पि ग्यास उद्योग पूर्णरुपमा बन्द गर्ने सरकारलाई चेतावनी दिएको छ ।
तर सरकारले भने ग्याँस उद्योगीले आन्दोलन गर्नु नपर्ने बताएको छ । उद्योग तथा आपुर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले ग्याँस उद्योगीको मागलाई वार्ता बाट सम्बोधन गर्ने बताएका छन् ।
उनले कसैले चाहेर पनि अत्यावश्यक वस्तुमा आन्दोलन गर्न नपाउने बताए । हरेक उद्योगको समाधान गर्न सरकार लागि परेको भन्दै उद्योगीले उद्योग बन्द गरेर आन्दोलन गर्नु पर्ने दिन नआउने बताए ।
FACEBOOK COMMENTS