![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – मुलुकका अधिकांश ग्यास उद्योग सुरक्षामापदण्ड विपरीत रहेको पाइएको छ। देशमा सञ्चालित ५९ मध्ये १२ वटा ग्यास उद्योग मात्रै मापदण्ड भित्र रहेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।
विभागका अनुसार वीरगन्जको मनोज ग्यास, काठमाडौंको नेपाल ग्यास, धादिङको श्रीकृष्ण ग्यास, मेट्रो काठमाडौं ग्यास, ओम ग्यास प्रालि र काब्सन प्रालि, नवलपरासीको जानकी ग्यास, दक्षिणकालीको एभरेस्ट ग्यास, बनेपाको गौरीशंकर ग्यास र चितवनको साइबाबाले मात्र गुणस्तर चिह्न लिएका छन् ।
अधिकांश उद्योग गुणस्तर चिह्न लिने प्रक्रियमा रहेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।
गुणस्तर मापदण्ड पालना नगर्ने उद्योगलाई ६ महिना कैद, तीन हजार रुपैयाँ जरिवाना वा दुवै गर्न सकिने कानुनी व्यवस्था छ ।
सिलिन्डर फुट्ने र ग्यास चुहिएर आगो लाग्नेजस्ता घटना पटकपटक दोहोरिए पनि उद्योगले सतर्कता अपनाएका छैनन् भने अनुगमनमा सरकारी निकाय पनि उदासीन छन् ।
– अन्नपूर्ण
FACEBOOK COMMENTS