काठमाडौं । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६-७७ र २०७७-७८ मा कोरोनाका कारण तोकिएको सङ्ख्यामा श्रमिक विदेश पठाउन नसकेपछि ८५ प्रतिशत कम्पनी जोखिममा परेका हुन् ।
विभागका अनुसार वैदेशिक रोजगार ऐनबमोजिम दर्ता भएका कम्पनी ८५४ रहेकामा ७३१ वटा खारेजीको जोखिममा छन् । हालको कानुनी व्यवस्थाअनुसार नवीकरण गर्न दिए करिब १५ प्रतिशत कम्पनी मात्रै वैधानिक रहनेछन् ।
विभागले वैदेशिक रोजगार ऐनअनुसार आव २०७६-अधिकांश वैदेशिक रोजगार कम्पनी खारेजीको जोखिममा ७७ मा एक सय र २०७७-७८ एक सय श्रमिक पठाएको प्रमाणसहित दर्ता नवीकरणका लागि आह्वान गरेको छ तर १२३ वटा कम्पनी मात्रै पछिल्ला दुई आर्थिक वर्षमा दुईभन्दा बढी श्रमिक विदेश पठाउन सफल भएका छन् ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले ऐनअनुसार कागजात पूरा गर्न नसक्ने कम्पनीको नवीकरण गर्न नसकिने बताए । उनले भने,”ऐनमा एक वर्षमा एक सय श्रमिक पठाउन नसक्नेको स्वतः खारेजी हुने व्यवस्था छ, कि ऐन संशोधन हुनुप¥यो कि खारेजी गर्नुपर्यो ।” काउन अनुसार पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा दुई सय श्रमिक नपठाएका कागजपत्र पेस गर्न नसक्ने कम्पनीको नवीकƒण गर्न नसकिने आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS