काठमाडौं भदौ १२ ,
१२ भदौ, काठमाडौं । कोरोना नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाले गर्दा घरायशी वस्तुहरुको खरिद बिक्री असहज बनिरहेको छ । यस्तोमा केही केही ई–कमर्श स्टार्टअपहरुको सेवाले उपभोक्तालाई राहत दिएको थियो । तर, जिल्ला प्रशासनले यस्तो सेवामा पनि अंकुश लगाएको छ ।
घर–घरमा पुगेर खाद्यान्न डेलिभरी सेवा दिनेहरुले कोरोना फैलाउने जोखिम बढेको भन्दै प्रशासन कार्यालयको आदेशमा प्रहरीले बिहीबारदेखि यस्ता सेवा दिनेहरुमाथि धरपकड सुरु गरेको हो । यस्तो धरपकडको विरोधमा व्यवसायीहरुको एक समुहले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापनपत्र बुझायो । तर, आफूहरुको मागमा प्रजिअबाट सकारात्मक जवाफ नआएको ई–कमर्श तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमले जनाएको छ ।
FACEBOOK COMMENTS