अनुगमनका लागि नयाँ बसपार्कको बिजी मल पुगेको सरकारी टोलीमाथि हातपातको प्रयास
कर्पोरट खबर
8:46 am, आइतबार, असोज १२, २०७६
1159Shares
काठमाडौँ — नयाँ बसपार्कस्थित बिजी मलमा अनुगमन गर्न पुगेको सरकारी टोलीलाई व्यापारीहरुले घेराबन्दी गरेका छन् । ‘अनुगमन गर्न पाइँदैन’ भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका चार टोलीलाई नै घेराउ गरी राखिएको हो ।
टोली उक्त मलको पहिलो तलामा अनुमगन गरी एक व्यापारीलाई कारबाही थालिएपछि माथिल्ला तलाका व्यापारीहरु सटर बन्द गरी नाराबाजी र अनुगमन टोलीलाई घेराउ गर्न पुगेका थिए।
आफूहरु घेराउमा परेको अनुगमनमा सहभागी रमेश श्रेष्ठले कान्तिपुरलाई जानकारी दिए। उनले विभाग, मन्त्री र सुरक्षा निकायलाई थप सहयोगको लागि आग्रह गरिएको बताए।
विभागका महानिर्देशक योगेन्द्र गौचनले थप प्रहरी पठाइएको जानकारी दिए।
सरकारी अनुगमन टोलीले एक हप्ता अघि रन्जना कम्प्लेक्स र दुई दिनअघि दरबारमार्गमा अनुगमन गर्न जाँदा पनि व्यापारीहरु सटर बन्द गराएर विरोधमा उत्रिएका थिए। चाडपर्वमा व्यापारीहरुले ठगी गरिरहेको भन्दै सरकारले अनुमगन कर्मचारी खटाएको छ।
सरकारी टोलीलाई घेराउ गरेपछि महानिर्देशकसहितको टोली अहिले त्यहाँ सिलबन्दी गर्न गइरहेको स्रोतले बताएको छ।
FACEBOOK COMMENTS