२० असार – अनेरास्ववियू भक्तपुर जिल्ला कमिटी द्धारा भक्तपुर जिल्लाका चार वटा स्थानीय तह सुर्यविनायक,चाँगुनारायण,मध्यपुरथिमी र भक्तपुर नगरपालिका सहित राष्ट्रिय परिक्षा बाेर्ड सानाेठिमामा गएर ज्ञापनपत्र बुझाएको छ ।
भक्तपुर जिल्ला भित्र रहेकाे निजी शैक्षिक संस्थाहरु/ विद्यालयहरुले काेराेना कलहकाे समयमा विभिन्न प्रंपञ्चहरु रचेर विद्यार्थी र अभिभावकहरुलाई शुल्क लिने, SEE परिक्षार्थीहरुकाे आन्तरिक मुल्यांकन विधिमा पक्ष पात नगरि विद्यार्थीहरुलाई मारमा नपारी विना पुर्वग्राही भएर मुल्यांकन गर्न र भक्तपुर जिल्ला भित्र हुने र हुन सक्ने शैक्षिक विकृति र विसंगतिहरुकाे विरुद्धमा र शैक्षिक मुद्दाहरुमा केन्द्रित रहेर सुझाव सहितकाे रचनात्मक र श्रृजनात्मक दबाब श्रृजना सहित ध्यानाकर्षण गर्नकाे लागि नगरप्रमुखहरु र उपप्रमुखहरु लाई भेटेर ज्ञापनपत्र हस्तान्तरण गरिएकाे थियाे ।
साथै काेराेना महामारीकाे विचमा पनि शैक्षिक क्षेत्रमा चलखेलमा लागेर भक्तपुर जिल्ला भित्र रहेका विद्यार्थी र अभिभावहरुलाई विभिन्न बहाना बाजीमा शिक्षण शुल्क लिने कार्यमा नलाग्न पनि अपिल गरेकाे छ । साथै उक्त कार्यक्रममा अनेरास्ववियू केन्द्रीय सदस्य जयराम बास्ताेला,पार्वती शर्मा,पुर्व जिल्ला अध्यक्ष सुमन न्याैपाने,जिल्ला कमिटी संयाेजक सुवास तिमिल्सिना, सह-संयाेजक विराज थापा, जिल्ला सदस्यहरु हरिशरण बस्नेत, पुष्पराज ढकाल, प्रवेश तिमिल्सिना, दिपेश बिसुन्के लगायतकाे उपस्थितिमा ज्ञापनपत्र हस्तान्तरण गरिएकाे थियाे ।
FACEBOOK COMMENTS