बसन्त अर्याल
काठमाण्डौं– प्रतिनिधी सभाको सार्वजानीक लेखा समितीमा नेपाली कम्पनीले पनि अन्तःशुल्क स्टिकर छपाईमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउन अर्थमन्त्रालयलाई भनेको छ ।
लेखा समितीमा भएको छलफलमा सभापति भरत कुमार शाहले अर्थमन्त्रालयलाई नेपाली कम्पनीले पनि प्रतिस्पर्धामा सहभागी हुन पाउने गरी मापदण्ड बनाउन भनेका हुन् ।
उक्त छलफलमा नेकपाका संसद विशाल भट्टराईले नेपाली व्यवसायीले पनि स्टीकर छपाईमा भाग लिन पाउनु पर्ने भन्दै उनले भने ‘नेपालमा रोजगारीको सिर्जना गर्न , व्यापार घाटा कम गर्न र नेपालको अर्थतन्त्रको विकासको लागि स्वदेशी उद्योगलाई प्रत्साहान गर्नु पर्छ ।’
उनले नेपाली उद्योगलाई प्रोत्साहान गर्नुको सट्टा प्रतिस्पर्धामा भाग लिने नपाउने वातावरण बनाउन नहुने तर्क राखे ।
अर्का संसद हृदेश त्रिपाठीले विदेशमा छापिएका स्टिकर पनि नक्कली पाईएको अख्तियारले बताएको भन्दै हाम्रो प्रणाली नै बेठिक भएको बताए । उनले‘प्रतिस्पर्धाको लागि इट्रागा्रफ बाहेक अरु कम्पनी पनि राम्रो हुन सक्ने भएकाले किन इट्रागा्रफको सर्टिफिकेट पाएकोले मात्र पतिस्पर्धा गर्न पाउने प्रवाधान’ भन्दै प्रश्न खडा गरे ।
जवाफमा अर्थसचिवले यो सुरक्षा चासोको विषय भएकोले मापदण्ड कडा राखिएको बताए । उनले स्रोत साधान भएका नेपाली कम्पनीले प्रतिस्पर्धामा भाग लिन पाउने बताए ।
अबको चार वर्ष सम्ममा शुरक्षण प्रेसको स्थापन नेपालमै हुने जानकारी गराए । हेटौडामा निर्मित प्रेसको लागि चालु आर्थिक वर्षमा ६ अवै बजेट छुट्टाएको जानकारी दिए ।
FACEBOOK COMMENTS