काठमाडौं, साउन २४
अन्तराष्ट्रिय बजारमा चर्चित रारामार्टले नेपालमा दुई नयाँ प्रडक्ट सार्वजनिक गरेको छ । रारामार्टका सञ्चालकले राजधानीमा पत्रकार सम्मेलन गरी ‘सपिङ पनि,निशुल्क स्वास्थ्य बीमा पनि’ र ‘रारा फ्राइडे, अनलाइन हाटबजार’ सार्वजनिक गरेको हो ।
उपभोक्ताको हितलाई ध्यान राखेर रारामार्ट नेपालले सपिङ क्षेत्रमै पहिलोपटक ‘सपिङ पनि,निशुल्क स्वास्थ्य बीमा पनि’ योजना ल्याई खरिदकर्ताको परिवारकै १ लाखसम्म स्वास्थ्य बीमा कार्यक्रम अघि सारेको दाबी गरेको छ । यसअन्तर्गत मार्टले प्रिमियर इन्स्योरेन्सबाट आफ्ना ग्राहकहरुको स्वास्थ्य बीमा गराउने जानकारी दिएको छ ।
ग्राहकले रारामार्टमा भएका प्रडक्ट मध्ये जुनसुकै प्रडक खरिद गर्दा पनि स्वास्थ्य बीमा सुविधा प्राप्त गर्न सकिनेछ । यस्तो बीमा सुविधा अन्तरर्गत नेपाल तथा भारतका जुनसुकै अस्पतालहरुबाट उपचार गराउँदा लाग्ने खर्चमा बीमा रकमको सीमाभित्र रही विद्यमान व्यवस्था अनुरुप उपचार खर्च प्राप्त गर्न सकिने रारामार्टका ‘रारा ईन्कर्पोरेशन (नेपाल) प्रालिका अध्ययक्ष प्रदिपजंग पाण्डेले बताए ।
त्यस्तै रारामार्टको ‘रारा फ्राइडे’ अभियान अन्तर्गत हरेक हप्ताको शुक्रबार विभिन्न खालका अतिरिक्त छुटहरु प्रदान हुनेछ । सबै मानिसहरुलाई शुक्रबार सपिङ गर्ने बानि बसाल्ने अवधारणालाई लिएर ‘रारा फ्राइडे’ अभियान सुरु गरेको अध्ययक्ष पाण्डेले बताए । शुक्रबार सपिङ गर्दा ५० प्रतिशत छुटको व्यवस्था रहेको छ ।

मार्टले काठमाडौंको रिङरोड भित्र सामान अडर गरेको २४ घण्टाभित्र निःशुल्क अनलाइन डेलीभरीमा उपलब्ध गराउने छ । रारामार्टले उपभोक्तालाई अन्य अनलाइन मार्केटभन्दा छिटो र सर्वसुलभ सेवा दिनुका साथै विश्व बजारमा पाइने गुणस्तरीय सामान रारामार्टमा अन्य भदा सस्तो मूल्यमा उपलब्ध गराउने दाबि गरेको छ ।

यो वर्ष नै विश्व बजारमा पाइने ५० हजार उत्पादन नेपाली बजारमा भित्राउने र भेण्डरको संख्या कम्तिमा ५ हजार पुर्याउने लक्ष्य लिएको छ ।