काठमाडौं – अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालका बैंक वित्तीय संस्थाले आफ्नो खराब कर्जा लुगाएको आरोप लगाएको छ ।
विशेषगरी बैंक वित्तीय संस्थाले आफ्नो संस्थाको अवस्था बलियो देखाउन विभिन्न तरिकाबाट खराब कर्जालाई लुकाएर ‘फेक’ वित्तीय विवरण सार्वजनिक गरेको आरोप लगाएको छ ।
आईएमएफले एक रिपोर्ट सार्वजनिक गर्दै हाल बैंक वित्तीय संस्थाले आफ्नो वित्तीय विवरणमा सार्वजनिक गरेको खराब कर्जाभन्दा बढी रहेको उसको दाबी छ ।
वाणिज्य बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार समग्रमा असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको खराब कर्जा २ प्रतिशतको हाराहारीमा छ ।
तर, वाणिज्य बैंकहरुको खराब कर्जा त्योभन्दा बढी रहेको आईएमएफको रिपोर्टले बताएको छ ।
विशेषगरी नेपालका बैंक वित्तीय संस्थाले आफुलाई राम्रो देखाउनका विभिन्न ५ वटा तरिबाट खराब कर्जा लुकाउने गरेको समेत आईएफएफको प्रतिवेदनले देखाएको छ ।
खराब कर्जालाई आर्थिक बर्षको अन्त्यमा आएर आफैले नविकरण गरिदिने, विभिन्न प्रक्रियाबाट खराब कर्जालाई अन्य शिर्षकमा राख्नेजस्ता गतल काम गर्दै बैंक वित्तीय संस्थाले खराब कर्जा कम देखाउने चलन बढेको समेत आईएमएफको भनाई छ ।
FACEBOOK COMMENTS