अन्जनराज न्यौपाने
तनहुँ, ५ माघ -नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध र अपराधी विकास र निर्माणका बाधक भएको आरोप लगाएका छन्। महानिरीक्षक खनालले समाजमा भए गरेका हरेक घटनाका प्रत्येक अपराधीले अपराध गरिसकेपछि समाजमा टाउको उठाउने मौका नपाउने र कानुन भन्दा माथि कोहीपनि नरहेको पनि बताए । जिल्ला स्थित भानु नगरपालिका–२ नारेश्वरटारमा इलाका प्रहरी कार्यालय भानुको भवन शिलान्यास कार्यक्रमका क्रममा बोल्दै महानिरीक्षक खनालले अपराधीलाई सजाय दिन प्रहरी हरदम प्रतिबद्ध रहँदै आएको बताउदै आपराधिक मानसिकताले विशेषगरी गरिबी र बेरोजगारीमा पिल्सिएका युवाहरु लागि प्रताडित पारेको बताए । उनले नेपाल प्रहरीले सामुदायिक साँझेदारी अन्तरगतको कार्यक्रममा प्रहरीले विद्यालयहरु,क्याम्पस र कलेजहरुमा जनचेतना जगाउने र सचेतनामुलक पम्प्लेट पोष्टर सडक दुर्घटना न्युनिकरण लगायतका अभियान नेपालका ७७ वटै जिल्लाहरुमा सामुदायिक साँझेदारी कार्यक्रमबाट चेतना फैलाउन नेपाल प्रहरी सफल रहेको दाबी पेश गरे ।समुदाय–प्रहरी साझेदारी अभियानअनुसार प्रहरी अगाडि बढेको र उक्त अभियानले शान्ति सुरक्षामा अमन चयन कायम राख्न सफल भएको जिकिर गरे । साथै महानिरिक्षक खनालले देशको चौतर्फी विकासका लागि प्रत्येक तह र तप्कामा रहेका संघ संस्थाहरुले प्रहरीसंग हातेमालो गरेर अघि बढनुपर्नेमा जोड दिदै भने ‘नेपालको शान्ति ,सुरक्षा स्थिति दिन प्रतिदिन मजबुत भएको र थप सुदृढ बनाउने हाम्रो प्रतिबद्धता छ’ महानिरीक्षक खनालले समाजमा शान्ति सुरक्षा प्रदान गर्ने प्रहरी आफैँ अनुशासित र कर्तव्यबोध प्रति सदैब सचेत र जिम्मेवार रहनुपर्नै बताए ।
‘नेपालको शान्ति ,सुरक्षा स्थिति दिन प्रतिदिन मजबुत भएको र थप सुदृढ बनाउने हाम्रो प्रतिबद्धता छ’ महानिरीक्षक खनालले समाजमा शान्ति सुरक्षा प्रदान गर्ने प्रहरी आफैँ अनुशासित र कर्तव्यबोध प्रति सदैब सचेत र जिम्मेवार रहनुपर्नै बताए ।’
‘नेपालमा संचालनमा आएका अस्थायी प्रहरी चौकीहरु भग्नावशेषहरु सिमित हुन दिईने छैनन’ उनले भने। जीर्ण भवनको उचित बस्तुगत अध्ययन गरि जीर्ण रहेका प्रहरी कार्यालयको भवन निर्माणलाई तीव्रता दिई पूर्वाधारयुक्त र सुविधा सम्पन्न बनाउन नयाँ प्रहरी कार्यालय भवन निर्माणलाई समेत अगाडि बढाइएको उनको भनाइ रहेको छ।
नव निर्मित प्रहरी भवनको सिलन्यास कार्यक्रममा बोल्दै ,जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले प्रहरी र समुदाय बीच घनिष्ठ सम्बन्ध हुनु अपरिहार्य रहेको बताए । ‘सय जना ब्यक्तिका लागि १ जना प्रहरीको अहोरात्र खटाईका कारण जिल्लामा शान्ति सुरक्षा कायम भएको छ’ उनले भने । आत्मानुशासनका कारण घटना दिन प्रतिदिन घट्दै गएको बताउदै प्रजिअ पण्डितले नवनिर्मित भवनले यस क्षेत्रको समग्र शान्ति सुरक्षाको स्थितिमा सहयोग पुग्ने बताए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालका अनुसार , सो नवनिर्मित भवन रु २ करोड ६८ लाख ३६ हजार १२२ को लागतमा निर्माण हुन लागेको र २०७७ पुस २६ गतेसम्म निर्माण सम्पन्न हुने लक्ष्य राखिएको बताए ।
उक्त भवनका लागि काभ्रेस्थित ब्राइट मल्टी कन्स्ट्रक्सन प्रालिले भवन निर्माणको जिम्मेवारी पाएको छ। साढे दुई तल्लाको भवनको भूइँतलामा हिरासत कक्ष, सुरक्षा गार्ड कक्ष, पहिलो तल्लामा व्यारेक र दोस्रो तल्लामा सञ्चार कक्ष र कार्यालय प्रमुखको आवास रहनेछ । मजुवा सामुदायिक वनको स्वामित्वमा रहेको जीर्ण घर भाडामा लिई कार्यालय सञ्चालन हुँदै आएको छ । विसं २०१५ मा प्रहरी चौकीको रुपमा स्थापना भएको कार्यालय विसं २०५५ मा इलाका प्रहरी कार्यालयको रुपमा स्तरोन्नति भएको थियो । हाल इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी रहेको छ । उक्त कार्यालयले भानु मुकाम डुम्रेबाट पनि सेवा प्रवाह गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS