![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ – अपि पवार कम्पनी लिमिटेडले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना बनाउने भएको छ ।
कम्पनी र नेपाल विद्युत् प्राधिकरणको ग्रीड सञ्चालन विभागबीच शुक्रवार उक्त आयोजनाको ग्रीड कनेक्शन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर पत्रमा अपि पावर कम्पनीको तर्फबाट कम्पनीका सञ्चालक महेन्द्र न्यौपाने र प्राधिकरणको ग्रीड सञ्चालक विभागका निर्देशक दीर्घायु कुमार श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुरुप अपि पावर कम्पनीले निर्माण गर्ने ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविुद्यत् आयोजनबाट उत्पादित विद्युत् शक्ति बँलाच सव स्टेशनको १३२ के।भि। वसबारमा जडान गरिनेछ ।
४० मेगावाटको चमेलिया जलविद्युत् आयोजना निर्माण सम्पन्नपछि नेपालको सुदुरपश्चिम क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।
४० मेगावटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको यो तेस्रो आयोजना हो ।
– आर्थिक अभियान
FACEBOOK COMMENTS