काठमाडौं, असोज १५ – दक्षिणी अफगानिस्तानमा भएको आत्माघाती कार हमलामा परेर ९ जनाको मृत्यु भएको छ । आक्रमणकारीहरुले सैनिक पोष्टलाई लक्षित गरी कार बम विष्फोट गराएका थिए ।
अफगानिस्तानका एक अधिकारीकाअनुसार चार सर्वसाधारणसहित ९ जनाको मृत्यु भएको छ । अफगानिस्तानको हेलमण्ड प्रान्त अन्तर्गतको नाहरी सारा जिल्लामा बुधबार राती भएको सो आक्रमणमा एक बालकसहित ३ जना सुरक्षाकर्मी समेत घाइते भएका छन् ।
आक्रमणकारीहरुले चौकीलाई निशाना बनाएर कार बम विष्फोट गराउँदा अर्को सवारीमा यात्रा गरिरहेका सर्वसाधारण परेका थिए । मृत्यु हुनेमा २ महिला समेत रहेका छन् । उक्त घटनाको कसैले पनि जिम्मेवारी लिएका छैनन् । यद्यपि, हेलमन्ड प्रान्त अन्तर्गत पर्ने सो क्षेत्र तालिवानहरुको गढ क्षेत्र मानिन्छ ।
FACEBOOK COMMENTS