बसन्त अर्याल
काठमाण्डौं– राष्ट्रिय योजना आयोगले अबको नेपाल कस्तो भन्ने परिकल्पनाका साथ आवधिक योजना बनाउने गर्छ ।
चालु आर्थिक वर्ष १४ औं त्रिवर्षिय वर्षिय योजना सकिदै छ । योजना आयोगले आगमि २५ वर्षको दीर्घकालिन सोच सहितको पन्ध्रौं योजनाको मस्यौदा तयार पारेको छ ।
आयोगले २०७९ सम्ममा अतिकम विकासित मुलुकको स्तरबाट स्तरोन्नति गरि कुल राष्ट्रिय प्रति व्यक्ति आय १५ सय अमेरीकी डलर पुराउने लक्ष्य लिएको छ ।
दीर्घकालिन सोचको मार्गचित्रमा वि.स. २१०० उच्च आय स्तरको विकासित मुलुक बनाउने लक्ष्य लिएको छ । २१०० सम्म कुल राष्ट्रिय प्रतिव्यक्ति आय १२ हजार ५ सय अमेरीकी डलर पुर्याउने योजना तयार पारेको छ ।
समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यको लागि उच्च समतामुलक राष्ट्रिय आय, मानव पुँजी निमार्ण तथा सम्भावनाको पूर्ण उपयोग, सर्वसुलभ तथा आधुनिक पूर्वधार र सघन अन्तर आवद्धता, उच्च र दिगो उत्पादन तथा उत्पादकत्व वृद्धी लक्ष्य लिएको छ ।
त्यस्तै परिस्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज स्वस्था र सन्तुलित पर्यावरणीय पद्धति, सुशासन, सवल लोकपतन्त्र, राष्ट्रिय एकता र सम्मानका राष्ट्रिय लक्ष्य लिएको छ ।
पाँच वर्ष भित्र करिव ९८ खर्ब कुद लगानी गर्ने लक्ष्य लिएको छ । जसमा सार्वजानिक क्षेत्रको ३७.१ प्रतिशत, नीजीको ५८.१ प्रतिशत र सहकारीको ४.३ प्रतिशत लगानी हुने योजनाको खाका तयार पारेको छ ।
आर्थिक वृद्धिदरको लक्ष्य र लगानिको अनुमानमा सेवा क्षेत्रमा सबै भन्दा बढी ५४.८ प्रतिशत , उद्योगले ३६.६ प्रतिशत र कृषी क्षेत्रको ८.६ प्रतिशत लगानी हुने अनुमान गरिएको छ ।
पन्ध्रौ योजना अवधिमा सम्पन्न गुर्नपर्ने राष्ट्रिय गौरवका आयोजनामा सिक्टा सिचाइ, बबइ सिंचाइ, रानीजमरा कुलरिया सिंचाइ, भेरी बबई डाइभर्सन आयोजना रहेका छन् ।
त्यस्तै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, पोखरा अन्तराष्ट्रिय विमान स्थल, निजगढ अन्तराष्ट्रिय विमानस्थल, काठमाण्डौं तराई दु्रत मार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग, कोशी लोकमार्ग, कालीगण्डकी करिडोर, कर्णली करिडोर, हुलाकी लोकमार्ग मेलम्ची खानेपानि आयोजना, माथिल्लो तामाकोशी आयोजना, लुम्बिनी विकास कोष, विद्युत प्रशारण आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
पन्ध्रौ योजना अवधिमा सुरु हुने राष्ट्रिय गौरवका आयोजनामा बुढी गण्डकी र पश्चिम सेती जलविद्युत आयोजना राखेको छ ।
क्रमागत रुपमा संचालन हुने आयोजनामा पशुपति क्षेत्र विकास कोष, राष्ट्रपति चुरे तराई मधेश संरक्षण र रेल्वे तथा मेट्रो विकास आयोजना रहेका छन् ।
‘युवा सोच विनकाको दीर्घकालिन योजना’
योजना आयोगले तयार पारेको मस्यौदामा आयोगका पूर्व उपाध्यक्ष सहित सासंद तथा विषयगत विज्ञहरुले मस्यौदामा कुनै नयाँ कुरा नभएको बताएका छन् ।
विषय अनुसार समुहतग छलफल पछि योजना आयोग ‘नयाँ कुरा केहि नपाउँदा कतै अलमलमा परेको हो की ?’ भन्ने प्रश्न उठेको बताएका छन् ।
छलफलका क्रममा योजना आयोगका मस्यौदा तयार पार्दा युवाहरुको सहभागिता नभएको देखिएको बताएका छन् । उनिहरुले युवा संगको छलफल पछि मात्र अन्तिम योजना पास गर्न भनेका छन् ।
जवाफमा योजाना आयोगका उपाध्यक्ष डा. पुष्प कडेलले ठुला ठुला कुरा योजनामा ल्याएर मात्र नहुने बताएका छन् । जुन कुरा कार्यन्यन गर्न सम्भव हुन्छ ती कुरा समाबेश गर्ने बताएका छन् ।
योजना आयोगका पूर्व उपाध्यक्ष सहित संसद तथा विषय विज्ञहरुले आयोगलाई दिएका सुझावहरुः
FACEBOOK COMMENTS