काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले अबैधरुपमा नेपाल भित्रने मोबाइल बिक्रीवितरण चैतबाट रोक्ने भएको छ ।
प्राधिकरणले चैतदेखि मोबाइल ट्र्याकिङ् सुरु गर्ने भएको हो ।
यसका लागि कन्सल्टिङ सर्भिस अन डिजाइन, डेभलप, सप्लाइ, इन्स्टलेसन, टेस्टिङ, कमिसनिङ एन्ड अपरेसन मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनका लागि बोलत्र मूल्याङ्कन अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले यो प्रक्रिया आंशिक रुपमा सुरु हुने बताएको छ । तर पूर्ण रुपमा सञ्चालनमा आउन एक वर्ष लाग्ने जनाईएको छ । यो सिस्टम लागू भएपछि दर्ता नभएका मोबाइल चल्दैनन् ।
FACEBOOK COMMENTS