![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं — सर्वोच्च अदालतले विदेशमा बस्ने सबै नागरिकलाई आउँदो निर्वाचनदेखि सहज र सरलरुपमा मतदानमा सहभागी हुने व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुुक्त इजलासले दिएको निर्देशनात्मक आदेशको आइतबार पूर्ण पाठ जारी गर्दै विदेशमा बस्ने सबै नेपाली नागरिकलाई आगामी निर्वाचनदेखि सहभागी गराउने आदेश जारी गरेको हो ।
अधिवक्ता प्रेमचन्द्र राईले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथिको छलफलमा सर्वोच्चले अदालले विदेशमा रहेका सबै नेपाली नागरिकलाई निर्वाचनमा सहभागी गराई प्रजातन्त्र उपभोग गर्ने वातावरण मिलाउन आदेश भएको हो ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS