काठमाडौँ । नेपालकै एक उदयमान अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेट, ले वर्ल्ड रेमिटबाट पैसा पठाउँदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ ।
उक्त सुविधाअन्तर्गत पठाईएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले रू. २०० बोनस तुरुन्तै पाउने छन् । वर्ल्ड रेमिटसँगको यस सहकार्यले चौबिसै घण्टा ७० भन्दा बढी राष्ट्रहरुबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहे जति रकम सजिलै पैसा प्राप्त गर्न सम्भव बनाएको छ । प्राप्त गर्ने व्यक्तिले खल्ती आइडी बनाइ केवाईसी भेरिफाइ भने गराएको हुनुपर्नेछ ।
खल्तीमा पैसा पठाए पश्चात केहि नगरी पैसा र बोनस स्वतः दुवै खल्तीमा लोड हुनेछ । यसको विवरण खल्ती एपको ट्र्यान्सक्सनसमा गइ सहजै हेर्न सकिन्छ ।
उक्त सम्झौता सम्बन्धि खल्ती डिजिटल वालेटको रेमिट्यान्स विभाग प्रमुख सौरभ राज पाण्डे बताउछन् । “हामी डिजिटल प्लेटफर्ममार्फत हाम्रो ग्राहकहरुको आवस्यकतापुर्ति गर्न प्रतिबद्ध छौँ । हामीलाई विश्वास छवर्ल्डरेमिट सँगको यो सहकार्यले संसारको जुनसुकै ठाउँबाट निर्वाद रुपमा सरल र झन्झटरहिततवरले पैसा पठाउन, पाउन, र व्यवसायलाइ झन्झटरहिततवरले अनलाइनभुक्तानीगर्न थप मद्दत मिल्नेछ। भरपर्दो, सस्तो, र छिटो सेवाभएकोले यो माध्यम धेरैको रोजाइमा पर्ने विश्वास हामीले राखेका छौँ“।
वर्ल्ड रेमिटका दक्षिण एशियाको लागि कन्ट्री डाईरेक्टर रुजान अहमदले बताए, “खल्ती सँगको यस सम्झौताले अबग्राहकहरुलाई सहजै आफ्नो परिवार तथाआफन्तलाई पैसा पठाउन सजिलो बनाएको छ ।
हरेक समुदायकाहरुलाइवित्तीय सेवाको पहुँचदिलाइआर्थिक समावेशीकरणको अभियानलाई प्रवर्धन गर्ने नेपालकै एक उदयमान डिजिटल वालेट, खल्ती संग सहकार्य गर्न पाउदाहामीउत्साहित छौँ । हामीविश्वस्त छौँ कि यो सेवा ले विदेशबाट पठाईएको रकम नेपालमाखल्तीमार्फत प्राप्तगर्न धेरै सहजहुनेछ ” ।
वर्ल्ड रेमिटबाट खल्तीमा पैसा पठाउनको लागि भने वर्ल्ड रेमिट एप लग इनगरि सेन्ड मनिमा ट्याप गर्ने, गन्तव्यमा नेपाल रोजी पठाउन चाहेको कुल रकम दाखिला गर्ने अनि अन्त्यमा मोबाइल मनी ट्रान्स्फर भित्र खल्ती मोबाइल वालेट छानी पाउने व्यक्तिको सम्पुर्ण विवरण भरी पठाउन सकिन्छ ।
यस योजनाको बारेमा थप शर्तहरु खल्तीको ब्लगबाट थाहा पाउन सकिन्छ । थप जानकारीको लागि १६६०–०१–५–८८८८ मा फोन वा support@khalti.com मा ईमेल गर्न सकिन्छ ।
FACEBOOK COMMENTS