![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ –सरकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वार्षिक रुपमा प्रतिपरिवार कम्तिामा १ सय २० दिनको रोजगार सुनिश्चितता हुनेगरी आन्तरिक रोजगारीको प्रारम्भिक खाका तयार गरेको छ।
‘एक परिवार’ एक रोजगार’ नभए परिवारको एक जनालाई न्यूनतम १ सय २० दिन बराबरको पारिश्रमिकको आधा रकम निर्वाह भत्ताका रुपमा प्रदान गर्ने गरी प्रारम्भिक खाका तयार गरिएका हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्तालयले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्यन कार्ययोजनाका लागि ७ वटा प्रदेशका सामाजिक सुरक्षामन्त्रीहरुसँग सुझाव लिन आइतबार आयोजना गरेको कार्यक्रममा यो जानकारी दिइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्ती रोजगार कार्यक्रमको दायरा मुलकुभरका ७ सय ५३ स्थानीय तहमा प्रभावकारी रुपमा सञ्चालन गरिने बताए ।
–कारोवार दैनिक
FACEBOOK COMMENTS