वैशाख २६ – लकडाउनका कारण अमेरिकामै अडकिनुपरे पछि नेपाली समुदायहरूले घर फिर्तीको माग राखेका छन् । नेपाली दुतावास अमेरिकाले राखेको टेली मिटिङका क्रममा विहिवार अमेरिकाको लागि नेपाली राजदुत अर्जुन कार्की सामु समुदायले उक्त माग राखेको हो । मिटिंगमा सुप्रभात भण्डारी, सान्तराज बतास, अर्जुन पुडासैनी, डा रिमा जोशी, बादल प्रधान, कुल ब केसी लगायतको सहभागीता रहेको थियो ।
सो मिटिङका क्रममा राजदुत डा. कार्कीले दुतावासले आफना नागरिकको नेपाल फिर्ती लैजाने सम्बन्धमा नेपालमा पहल गरिरहेकाे र चांडाे पठाउन पाए अाफु सन्तुष्ट हुने बताएको मिटिंगमा सहभागी मध्येका एक सुप्रभात भण्डारीले जानकारी दिएका छन् । ‘हाम्राे तर्फबाट नेपाल चांडाेभन्दा चांडाे जान पाउनुपर्ने नागरिक अधिकार तथा भिसा सकिएकाहरूकाे भिसा फि मिनाहा गर्नुपर्ने लगायतका कुराहरू हाम्राे तर्फबाट राख्यौं, राजदुत डा कार्कीले अाफ्नाे तर्फबाट यसबारेमा नेपालमा पहल गरिरहेकाे र चांडाे पठाउन पाए अाफु सन्तुष्ट हुने बताउनु भयो र केही प्राबिधिक कुराहरू पनि सुनाउंदै अर्काे मिटिंग भएकाेले अावस्यक पर्दा राजदुतावास संधै कुरा सुन्न तयार रहेकाे भनेर बिदाहुनुभयाे ।’ भण्डारीले भने ।
FACEBOOK COMMENTS