काठमाडौं । अमेरिकामा दुईजना पाइलट सवार बोइङ ७३७ कार्गो विमान दुर्घट्नाग्रस्त भएको छ ।
इन्जिनमा समस्या उत्पन्न भएपछि अमेरिकाको हवाईस्थित समुन्द्री तटनजिकै उक्त जहाज झरेको हो । उक्त विमान होनोलुलुबाट माउइ टापुतर्फ गइरहेको थियो तर ड्यानियल के इनोए अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै पानीमा खसेको जनाइएको छ ।
तटरक्षक सुरक्षा फौजले स्थानीय समयअनुसार शुक्रबार बिहानै दुवै पाइलटलाई उद्धार गरेका थिए । एकजना पाइलट जहाजको पुच्छर समातेर पानीमा तैरिरहेका थिए ।
यातायात मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै हवाई न्यूज नाउले ती पाइलटलाई क्वीन्स मेडिकल सेन्टरमा पुर्याएर सघन उपचार कक्षमा राखिएको जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका अर्का पाइलटलाई डुङ्गामा राखेर समुन्द्रबाहिर निकालिएको बताइएको छ ।
यातायात मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै हवाई न्यूज नाउले ती पाइलटलाई क्वीन्स मेडिकल सेन्टरमा पुर्याएर सघन उपचार कक्षमा राखिएको जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका अर्का पाइलटलाई डुङ्गामा राखेर समुन्द्र बाहिर निकालिएको बताइएको छ।
एनबीसीले प्रसारण गरेको दृश्यमा ती पाइलटमध्ये एक ठानिएका व्यक्तिलाई ह्वीलचेअरमा राखेर लगिँदै थियो । उनी होसमा रहेको जस्तो देखिन्थ्यो । ती पाइलटले आफूहरू समस्यामा परेको थाहा पाएका थिए ।
अनलाइनमा राखिएको भोइस रेकर्डिङमा एक पाइलटले एअर ट्राफिक कन्ट्रोललाई भनेको सुनिन्छ, “नम्बर १ इन्जिन बिग्रेको छ।”
“अर्को इन्जिन पनि खराब हुन गइरहेको छ। यो असाध्यै तातेको छ।” बीबीसीबाट
FACEBOOK COMMENTS