काठमाडौं, जेठ २८ – अमेरिकामा भारतीय मूलको सिद्धार्थ माथुरले मेरिल्याण्डका एक सांसदलाई मार्ने धम्की दिँदा ५ बर्षको कैद सजाय पाउने भएका छन् । उनलाई आगामी सेप्टेम्बर ९ का दिन सजाय दिइनेछ ।
उनले गत बर्ष २०२० को डिसेम्बरको प्रारम्भिक हप्तामा मेरिल्याण्डका प्रतिनिधिलाई उनको संजालस्थल (वेब साइट) मार्फत सन्देश दिई धम्की दिँदा उन दोषी ठहर भएका छन् ।
उनले त्यति मात्र नभई डिसी प्रहरीलाई पनि झुटा बयान दिएका थिए ।
उनले ज्यान लिने जस्ता धम्की दिएको कारण उनलाई पक्राउ गरिएको थियो ।
उनले रिसमा आफ्नो मत लागेमा तिम्रो कार्यालयलाई उडाइ दिने धम्की पनि दिएका थिए । त्यति मात्र हैन सभासद सदस्यलाई ‘तिमी र तिम्रो परिवार कहाँ बस्छन् मलाई थाहा छ’ भनेका थिए ।
सिद्धार्थ कुमार माथुरले अमेरिकी सदनका प्रहरीलाई ढाटेको र मार्ने धम्की दिएको बिहिबारका दिन अमेरिकी न्याय विभागले बताएको छ ।
उनलाई गत डिसेम्बरमा नै अभियोग लगाईएको थियो भनि डब्लुटिओपी डटकमले समाचार लेखेको छ ।
FACEBOOK COMMENTS