![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं– अमेरिका र चीनबीचको व्यापार युद्ध उत्कर्षमा पुगेको छ ।
अमेरिकाले चीनियाँ वस्तुमा फेरी थप भन्सार लगाउने भएपछि यी दुईबीचको व्यापार उत्कर्षमा पुगेको हो ।
आमेरीकाको पछिल्लो निर्णय अनुसार अमेरिकाले झण्डै २ सय बिलियन डलर बराबरको चिनियाँ वस्तुमा कर लगाउँदैछ ।
चीनले जवाफमा ६० विलियन अमेरिकी डलर बराबरको अमेरिकी वस्तुमा अतिरिक्त कर लगाउने निर्णय गरेको छ ।
अमेरिकाको पछिल्लो कदमलाई चीनले इतिहासकै ठूलो व्यापार युद्धको संज्ञा दिएको छ ।
यो सहित अमेरिकाले चीनबाट आयात हुने झण्डै २५० विलियन डलर बराबरको वस्तुमा भन्सार बढाइसकेको छ । चीनियाँ वस्तुमा भन्सार बढाएको यो तेस्रो पटक हो ।
अब अमेरिकी कम्पनीहरुले चीनबाट निर्धारित वस्तु आयात गर्दा १० प्रतिशत अतिरिक्त लेबी तिर्नुपर्नेछ ।
FACEBOOK COMMENTS