![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अहिलेसम्मकै सस्तो भएको छ ।
डलरको तुलनामा भारतीय रुपैयाँको तीव्र अवमूल्य भएपछि यसको प्रभाव नेरूमा देखिएको हो । नेरूको भारूसँग स्थिर विनिमय दर छ ।
अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि भारतको चालू खाता घाटा बढ्ने चिन्ताले डलरको तुलनामा भारू सस्तो भएको हो ।
नेपाल राष्ट्र बैङ्कले बिहीवार १ डलरबराबर १ सय १० रुपैयाँ ६२ पैसा विनिमयदर तोकेको छ ।
यो आर्थिक वर्ष शुरू भएदेखि अहिलेसम्म नेरू डलरको तुलनामा ७ रुपैयाँ १४ पैसा सस्तो भएको छ । आर्थिक वर्षको शुरूमा सो विनिमय दर १ सय ३ रुपैयाँ ४६ पैसा थियो ।
यसरी डलरको भाउ आकाशिँदै जाँदा दैनिक उपभोग्य वस्तु महँगिएर मुद्रास्फीति त बढ्छ नै बाँकी विश्वसँगको व्यापार घाटा पनि बढ्छ ।
FACEBOOK COMMENTS