श्रावण २७ – अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार भेटघाट गरिरहेको बेला गोली चलेको हो । गोली चलेको खबर पाएपछि केहीबेर पत्रकार भेटघाट कार्यक्रम प्रभावित भएको थियो ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस ९राष्ट्रपति कार्यालय० बाहिर गोली चलेको बताएका छन् । आफू ह्वाइट हाउसमा पत्रकारसँग कुराकानी गरिरहेका बेला बाहिर गोली चलेको उनले बताएका हुन् ।
पत्रकार भेटघाटको क्रममा सुरक्षाकर्मीले ट्रम्पलाई केही भनेपछि उनी कार्यक्रम छाडेर भित्र अर्को कोठामा गएका थिए ।
ट्रम्पले पत्रकारहरुलाई दिएको जानकारीअनुसार अमेरिकी सेक्रेट सर्भिसका व्यक्तिहरुले एक हतियारधारी संदिग्ध व्यक्तिमाथि गोली चलाएका छन् । घाइतेलाई अस्पताल लगिएको छ ।
ट्रम्पका अनुसार ह्वाइट हाउस बाहिर फेन्सिङ्ग भएको स्थानमा गोली चलेको थियो । त्यो स्थानबाट वित्तमन्त्री र अर्का एक अधिकारीलाई त्यहाँबाट सुरक्षित स्थानमा लगिएको थियो ।
FACEBOOK COMMENTS