काठमाडौं, फागुन २७ – अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले दुईबराबर एक -५० प्रतिशत_ को अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर दिने निर्णय गरेको छ।
सञ्चालक समितिको बुधबार बसेको बैठकले धितोपत्र बोर्डले दिएको स्वीकृतिबमोजिम उक्त परिमाणको हकप्रद सेयर जारी गर्न लागेको कम्पनी सचिव रञ्जु अधिकारीले जानकारी दिइन्।
उनका अनुसार आगामी चैत ९ गते एक दिनका लागि कम्पनीले सेयर दर्ता किताब बन्द -बुक क्लोज_ हुनेछ।