काठमाडौं, वैशाख १३ – विश्वस्तरीय शहरी बसोबास अर्बन स्पेसले नेपालमा हाउजिङको नयाँ अवधारणा भित्र्याएको छ । अर्बनले नेपालमै पहिलोपटक ‘अटोमेशन टाउन हाउजिङ’ भित्र्याएको बताएको छ ।
गत शनिबार ललितपुरको सातदोबाटोमा अर्बन स्पेसको शिलान्याश गर्दै नेपालमा युरोपियन स्ट्यान्डर्डको अटोमेशन टाउन हाउजिङको अवधारणा भित्र्याएको बताइएको हो । अर्बनको उद्घाटन सन् २०१८ की मिस नेपाल श्रृंखला खतिवडा र अर्बन स्पेसका संस्थापक बिपिन गैरेले गरे ।
‘नेपालमा हाउजिङको नयाँ अवधारणा प्रस्तुत गर्न पाउँदा हामी अत्यन्तै खुशी छौं । यो एक रिभोलुसनरी आइडिया हो, जुन आर्किटेक्चर र इनोभेसनमा केन्द्रित छ,’ शिलान्याशपछि अर्बन स्पेसका संस्थापक बिपिन गैरेले भने, ‘यो परियोजना नेपालमा एक नौलो सुरुवात हो । हाल हामीले यो प्रोजेक्ट काठमाडौं उपत्यकाबाट शु गर्दैछौं र भविष्यमा नेपालभर विस्तार गर्ने योजना बनाएका छौं ।’
त्यस्तै आर्किटेक्ट इन्जिनीयर तथा मिस नेपाल २०१८– श्रृंखला खतिवडाले साना–साना घरहरूको जग्गालाई जोडी ब्याकयार्डलाई हटाएर एक साझा खुल्ला स्थान बनाउनु अर्बन स्पेसको मुख्य उद्देश्य रहेको बताइन् । ‘अर्बनको नयाँ अवधारणा हाउजिङको क्षेत्रमा नयाँ इनोभेटिभ र डेमोक्र्याटिक कन्सेप्ट हो,’ खतिवडाले भनिन्, ‘मानिसहरू पर्खालले बाँधिएका छन् र आफ्नो ठाउँभित्र मात्र सीमित छन् तर अर्बन स्पेसमा एक व्यक्तिले आफ्नो सानो थोरै जग्गाको बाँडफाँड गरेर व्यापक साम्प्रदायिक ठाउँको आनन्द लिन सक्दछन् ।’
यसैगरी अर्बन स्पेसका चिफ ब्रान्डिङ अफिसर शिव कँडेलले अर्बन स्पेसले विशेष गरी सहरका क्षेत्रहरूमा बाउन्ड्री लेस सोसाइटीको कल्पना गर्ने बताए । यसैले गर्दा यो शहरी योजनाकारहरूको लागि मात्र नभई दीगो विकास लक्ष्यहरूमा गहन विश्वास गर्ने बृहत्तर दर्शकहरूको लागि पनि विश्वव्यापी अभियान भएको उनको भनाइ छ । दीगो शहर र समुदायहरूको परिकल्पना गर्ने भएकाले अर्बन स्पेस भनेको कसरी शहरहरूको इलाकामा विशेष भरोसायोग्य छिमेकीलाई अटोमेशन टेक्नोलोजीले टेवा पुर्याउन सकिन्छ भन्ने प्रोटोटाइपको परियोजना भएको कँडेलले दाबी गरे ।
अर्बन स्पेस बंगला र हाउजिङको एउटा मिश्रित हाउस हो । जसमा प्रत्येक घरको लागि छुट्टै प्रवेश गर्न एन्ट्री बनाइएको हुन्छ । यस परियोजनाको अभिप्राय भनेको गेटेड समूदायलाई डिस्ट्रोइ गरी सोसियल कम्युनिटीको निर्माण र फोस्टर गर्नु हो । अर्बन स्पेसको उद्देश्य सुखद शहरी जीवनको अनुभव प्रदान गर्नु रहेको बताइएको छ ।
ललितपुरको रिङरोडबाट २०० मिटर बाहिर रहेको अर्बन स्पेस परियोजनामा १२ वटा विशिष्ट घर रहेका छन् जसले एक अर्काबीच सद्भाव कायम राखी जीवनशैली र वातावरणमा विविधता प्रदान गर्ने बताइएको छ । यो मास्टर प्लान सेफ्टी, कन्भेनियन्स, कम्फर्ट र युनिक डिजाइनमा केन्द्रित छ ।
अर्बन स्पेसको विशेष फाइदाहरूमा भूकम्प प्रतिरोधी, २४ घण्टा वाटर सप्लाई, स्मार्ट ग्यास पाइपलाइन, फायर फाइटिङ प्रणाली, स्मार्ट सर्भेलेन्स, फुल्ली इन्सुलेटेड वाल, साउन्ड इन्सुलेशन, मोड्युलर किचन, सेन्ट्रल हिटिङ जस्ता सुविधाहरू समावेश रहने छन् ।
FACEBOOK COMMENTS