काठमाडौं, जेठ १५ – सरकारले अवकाशप्राप्त खेलाडीलाई व्यवसाय सुरु गर्न सहुलियतपूर्ण ऋण दिने भएको छ । सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८–७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।
देशका गौरवका रूपमा रहेका अवकाशप्राप्त खेलाडीलाई व्यवसाय शुरू गर्न सहुलियतपूर्ण ऋण दिने घोषणा गरिएको अर्थमन्त्री पौडेलले बताए । यस्तै सरकारले २ वर्षभित्रै प्रादेशिक रंगशाला स्थापना गर्ने भएको छ ।
यस्तै, झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढाइने अर्थमन्त्री पौडेलले बताए ।
FACEBOOK COMMENTS