काठमाडौं, ९ फागुन- अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । यो सातादेखि अष्ट्रेलियामा खोप अभियान सुरु गरिएको हो ।
आइतबार मोरिसनले खोप लगाउँदा यसलाई त्यहाँको टिभीमा प्रत्यक्ष प्रसारण गरिएको थियो । यसले गर्दा त्यहाँ भ्याक्सिन लगाउने विषयमा विश्वसनीयता बढ्न सक्ने अनुमान गरिएको छ ।
अष्ट्रेलियामा औपचारिक रुपमा खोप लगाउने काम सोमबार सुरु हुँदैछ । अर्को सातासम्म त्यहाँ ६० हजार डोज खोप लगाउने अनुमान गरिएको छ ।
अष्ट्रेलियाले ८५ वर्षका एक वृद्धलाई खोप लगाएर यो खोप अभियान सुरु गरेको हो । मार्चको पहिलो सातासम्म अष्ट्रेलियामा ४० लाख मानिसलाई खोप दिइसक्ने योजना बनाइएको छ ।
FACEBOOK COMMENTS