११ असार – अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा दुई महिनाकै सबैभन्दा धेरै कोरोना भाइरस ९कोभिड(१९० का संक्रमित फेला परेका छन् ।
अष्ट्रेलियाले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अष्ट्रेलियामा ३६ नयाँ संक्रमित फेला परेका हुन् । अष्ट्रेलियाको लागि एकैदिन भेटिएका नयाँ संक्रमितको संख्या दुई महिनायताकै सबैभन्दा धेरै हो ।
पछिल्लो २४ घण्टामा भेटिएकामध्ये ३३ संक्रमित अष्ट्रेलियाको भिक्टोरिया राज्यका हुन् । लगातार नवौं दिन यो राज्यमा नयाँ संक्रमितको संख्या दुई अंकमा देखिएको हो । पछिल्लो समय अष्ट्रेलियाको भिक्टोरियामा उल्लेख्य संख्यामा कोरोना भाइरसका संक्रमित बढिरहेका छन् ।
संक्रमितको संख्या बढेसँगै अष्ट्रेलियाको सरकारले मेलवर्नमा कोरोना भाइरसलाई नियन्त्रण गर्न एक हजार सैनिक परिचालन गर्ने निर्णय गरेको छ । यसरी परिचालन गरिने सैनिकमध्ये ८५० ले मुलुकमा विदेशबाट फर्किएका मानिसहरुलाई होटलमा क्वारेन्टाइनमा राख्ने र उनीहरुको निगरानी गर्ने र बाँकीले कोरोना भाइरस नियन्त्रणको लागि आवश्यक वस्तु र मेडिकल सहयोग उपलब्ध गराउने काममा सहयोग गर्नेछन् ।
FACEBOOK COMMENTS