काठमाडौं, असोज १७ – अष्ट्रेलियाले न्युजिल्याण्डतर्फको सीमा खुला गर्ने भएको छ। कोभिड १९ का कारणले निकै लामो समयदेखि बन्द रहेको सो सीमा खुला गर्ने शुक्रबार जानकारी दिएको हो।
अष्ट्रेलिया सरकारले उक्त सीमा क्षेत्र केही हप्ताभित्रै खुला गर्ने जानकारी दिएको समाचारमा जनाइएको छ। अष्ट्रेलियाका उपप्रधानमन्त्री म्याक कोरम्याकले शुक्रबार सो घोषणा गरेका हुन्।
अष्ट्रेलियाले न्युजिल्याण्डतर्फको सीमा खुला गर्ने जानकारी गराएसँगै अष्ट्रेलियाका पनि न्यु साउथ वेल्स र उत्तरी क्षेत्रको पर्यटकीय क्रियाकलापमा वृद्धि हुने जनाइएको छ। न्युजिल्याण्डका नागरिक तथा त्यहाँ रहेका अरू पनि देशका नागरिकले अष्ट्रेलिया प्रवेश पाउन सक्नेछन्। यसका साथै उनीहरुले अष्ट्रेलिया प्रवेश गरेपछि क्वारेन्टिनमा पनि बस्नु नपर्ने भएको छ।
उनीहरूले कोभिड-१९ को संक्रमण नभएको चिकित्सक प्रमाणपत्र देखाएपछि अष्ट्रेलिया प्रवेश पाउने र उनीहरूले यहाँ आएपछि पनि क्वारेन्टिनमा बस्न नपर्ने सरकारले जनाएको छ।न्युजिल्याण्डका नागरिक पर्यटकका रुपमा तथा अन्य विविध कामका लागि छिमेकी अष्ट्रेलिया आउने गर्दछन्।
त्यसैले पनि अष्ट्रेलियाली नागरिकले सो सीमा क्षेत्र खुला गर्नुपर्ने आवाज पहिले देखि नै उठाउँदै आएका थिए।
FACEBOOK COMMENTS