![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं — सरकारले आगामी असोजको दोस्रो सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
दसैंतिहार र छठपर्वलाई लक्ष्य गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज १२ देखि कात्तिक २७ गतेसम्म यस्ता पसल सञ्चालन गर्न लागेको हो ।
मन्त्रालयका प्रवक्ता नवराज ढकालले काठमाडौं उपत्यकासहित देशभर ४२ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने जानकारी दिए ।
यो वर्ष साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल खाद्य संस्थान, दुग्ध विकास संस्थान र सहकारी पसलले संयुक्तरूपमा सुुपथ मूल्य पसल सञ्चालन गर्न लागेका हुन् ।
चाडवाडको समयमा उपभोक्तालाई सहज र सुलभ मूल्यमा दैनिक उपभोग्यका वस्तु उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको ढकालले बताए ।
—अन्नपूर्ण
FACEBOOK COMMENTS