काठमाडौं, पुस १९ – आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ले नववर्ष २०२१ को अवसरमा आइएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याक दिने भएको छ ।
कम्पनीले क्यासब्याक रिचार्जकर्ताले आफ्नै मोबाइल नम्बरका लागि गरेको रिचार्जमा मात्र लागू हुने गरी योजना ल्याएको हो । क्यासब्याक अफर प्रयोगकर्ताको आफ्नै मोबाइल नम्बरमा आइएमई पे वालेटमा दर्ता गरिएको नम्बरमा मोबाइल रिचार्जका लागि मात्र मान्य हुने जनाएको छ ।
त्यस्तै, विभिन्न मोबाइल नम्बरमा गरिएको कुनै पनि मोबाइल रिचार्ज लेनदेनले कुनै क्यासब्याक प्राप्त नगर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रत्येक उपयोगकर्ताले प्रतिमहिना १ सय रुपैयाँसम्म क्युमुलेटिभ क्यासब्याक पाउन सक्नेछन् ।
FACEBOOK COMMENTS