![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बंगलादेश बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
सम्झौतामा इन्स्योरेन्स कम्पनीका निमित्त महाप्रबन्धक दिनेश अमात्य र नेपाल बंगलादेश बैंकका नायब कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
सम्झौतापश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकले नेपाल बंगलादेश बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रूपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमा गराउनका साथै जीवन बिमासम्बन्धी जानकारी प्राप्त गर्न सक्ने जनाइएको छ ।
FACEBOOK COMMENTS