![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ – आइएमई लिमिटेड र सुमेरु अस्पतालबीच प्रिभिलेज कार्डबाहकलाई सुमेरु अस्पतालमा छुट दिने सम्झौता भएको छ ।
सम्झौतामा आइएमई लिमिटेडका क्षेत्रीय प्रतिनिधि प्रमुख माधव कटुवाल र सुमेरु अस्पतालका निर्देशक दिलीप डंगोलले हस्ताक्षर गरे ।
सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डबाहक सेवाग्राहीले सुमेरु अस्पतालको सेवामा १० प्रतिशत विशेष छुट पाउने जनाइएको छ ।
त्यस्तै आइएमईमा कार्यरत कर्मचारी र आइएमईका निजी व्यावसायिक साझेदारले १३ प्रतिशतसम्म छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS