काठमाडौं, आश्विन १२ – इण्डियन प्रिमियर लिग ९आइपीएल० मा राजस्थान रोयल्सले कीर्तिमान जित निकालेको छ । युएईमा जारी १३ औं संस्करणको आईपीएल टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको हो ।
गएराति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गर्दै राजस्थानले लगातार दोस्रो जित निकालेको हो । सारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पन्जाबले २० ओभरमा २ विकेट गुमाउँदै २ सय २३ रन बनायो ।
पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो । पन्जाबको फराकिलो स्कोरमा मायांक अग्रवालले १ सय ६ रनको शतकीय इनिङ्स खेले ।
आईपीएलको यस सिजन शतक बनाउने दोस्रो खेलाडी बनेका मायांकले ५० बलमा १० चौका र ७ छक्का प्रहार गरे । जितसँगै राजस्थानले २ खेलमा ४ अंक जोडेको छ ।
राजस्थान तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो । पन्जाबको यो दोस्रो हार हो । पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले हराएको थियो । तर, पन्जाब दोस्रो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । तेस्रो स्थानको पन्जाबले २ खेलमा २ अंक जोडेको छ ।
प्रतियोगिता अन्तरगत आज रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्सले प्रतिस्पर्धा गर्नेछन्।
FACEBOOK COMMENTS