काठमाडौं, फागुन २७ -आइभेरी कोस्टका प्रधानमन्त्री हामेड बाकायोकोकाे निधन भएको छ । बुधबार जर्मनीको एक अस्पतालमा उपचारका क्रममा बाकायोकोको निधन भएको हो । ५६ वर्षिय बाकायोको लामो समय देखि क्यान्सर रोगबाट पीडित थिए ।
बाकायोकोको निधनप्रति आइभेरी कोस्टका राष्ट्रपति अलास्साने ओताराले दुख व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै प्रधानमन्त्रिको निधनमा सारा देश शोकमा रहेको उल्लेख गरेको छन् । सन् २०२० जुलाई २ मा बाकायोको प्रधाममन्त्रिमा निर्वाचित भएका थिए।
FACEBOOK COMMENTS