भरतपुर चैत ११- रुघा खोकी र उच्च ज्वरो आई उपचार गराइ रहेका एक विरामीको भरतपुरस्थित कोरोना विषेश अस्पतालमा मंगलवार मृत्यु भएको छ । वीरगञ्ज २२ जनन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मंगलबार विहान ९स्३० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक यादव लुपस नामक रोगका बिरामी थिए भने उनको मिर्गौला कमजोर रहेको अस्पतालले जनाएको छ । अस्पतालले आज जारी गरेको बिज्ञप्ती अनुसार यादवलाई लुपस रोगले मृगौला कमजोर बनाएर ज्यान गएको जनाइएको छ । उनलाई ज्वरो र निमोनिया समेत देखिएपछि चैत ९ गते राती १० बजे चितवन मेडिकल कलेबाट रिफर गरी कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।
उनको स्वाब १० गते काठमाडौं पठाइएको छ । तर तर कोरोना संक्रमण भए नभएको रिपोर्ट आउन बाँकी छ । मृत शरिरलाई अहिले आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ ।
FACEBOOK COMMENTS