काठमाडौं, आईएमई फाउन्डेशनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ । आईएमई फाउन्डेशनका संरक्षक तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा आईएमई ग्रुपका प्रबन्ध निर्देशक तथा फाउन्डेशनका अध्यक्ष हेमराज ढकालले शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शनिवार उपकरण हस्तान्तरण गर्नुभएको हो ।
यसअघि नेशलन बिजनेस इनिशिएटिभ र आईएमई फाउण्डेशनबीच शुक्रराज सरुवा रोग अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण उपलब्ध गराउने सम्झौता भएको थियो । फाउन्डेशनले अक्सिजन प्लान्ट स्थापनाका लागि एक करोड २८ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको हो ।
यसका साथै आईएमई फाउन्डेशनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि झन्डै तीन करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण सरकारलाई प्रदान गरिसकेको छ ।
FACEBOOK COMMENTS