काठमाडौं । एप्पलको नयाँ आईफोन ट्वेल्भ अहिलेको हटकेक विषय हो । तर अब लाखौं प्रयोगकर्ताले अपग्रेडका लागि केही समय कुर्नुपर्ने भएको छ । म्याकर्युमरमा प्रकाशित खबरका अनुसार धेरै संख्यामा प्रयोगकर्ताहरुले आईफोन ट्वेल्भको एसएमएस म्यासेजिङमा समस्या भएको बताएका छन् । प्रयोगकर्ताहरुको गुनासो अनुसार उनीहरुले एसएमएस पठाउन, पाउन सकिरहेका छैनन् ।
ग्रुप च्याटमा म्यासेज हराउने र एसएमएसको नोटिफिकेसन नआउने समस्या देखिएको प्रयोगकर्ताहरुले गुनासो गरेका छन् । त्यसो त यस्तो समस्या पुराना मोडलहरुमा पनि देखिदैँ आइरहेको छ
आईफोन ट्वेल्भ प्रो म्याक्सका एक प्रयोगकर्ताले ट्वीटरमा एक तिहाई एसएमएस नपाएको बताएका छन् ।
FACEBOOK COMMENTS