![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ—आगामी वर्षदेखि बर्खामा मुलुक बिजुलीमा आत्मनिर्भर हुने भएको छ।
आगामी बर्खासम्ममा राष्ट्रिय प्रसारण लाइनमा करिब ६ सय ५० मेगावाट बिजुली थप हुुुने भएकाले मुलुक आत्मनिर्भरको स्थितिमा पुग्ने भएको हो ।
अहिले बर्खाको समयमा बिजुली नपुगेर करिब तीन सय मेगावाट भारतबाट आयात भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार अर्को बर्खायामसम्म थप ६ सय ५० मेगावाट बिजुली थपिने छ ।
अधिकारीले अर्को बर्खासम्म प्राधिकरण मातहतको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी र निजी क्षेत्रका निर्माणाधीन आयोजनाबाट दुई सय मेगावाटभन्दा बढी बिजुली थपिने जानकारी दिए ।
— नागरीक
FACEBOOK COMMENTS